सोमबार, जेठ ६, २०८२

साफ यू–१९ : बंगलादेशलाई ४–३ ले पराजित गर्दै भारतले जित्याे उपाधि

नेपालखोज २०८२ जेठ ५ गते २१:५२

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपकाे आजकाे खेलमा भारतले बंगलादेशलाई ४–३ ले पराजित गरेकाे छ । गोल्डेन जुबली स्टेडियममा आइतबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ४–३ ले पराजित गरेको हो ।

यसअघि भारतले सन् २०२३ मा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो । यू–१९ समूहको प्रतियोगिता तेस्रोपल्ट आयोजना भएको हो ।

सन् २०१५ मा भएको पहिलो संस्करणको उपाधि नेपालले घरैमा राखेको थियो । उमेरसमूहमा भारतको यो छैटौं उपाधि हो ।

प्रतिक्रिया