हुम्लामा हिमताल फुट्दा विस्थापित भएका १८ परिवारमा तत्काल राहतका लागि सरकारको ध्यानाकर्षण
नेपालखोज
२०८२ जेठ ५ गते १३:००

काठमाडाैं । माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले हुम्लाको लिमीस्थित तिलगाउँमा हिमताल फुटेर आएको बाढीका कारण १८ घरपरिवार समस्यामा परेको भन्दै तत्काल राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद लामाले तत्काल सो स्थानबाट निरिक्षण गर्दै हेलिकप्टरबाट भएपनि उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराए ।
हिमाली क्षेत्रको हिमताल खतरनाक अवस्थामा पुगेको भन्दै उहाले उक्त घटनालाइ गम्भीर रुपमा लिदै रोकथामका लागि पहल सुरु गर्नुपर्ने धारणा राखे । सांसद लामाले ४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलागाउँमा जनधनको क्षति भएको र १८ घरपरिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बस्नुपरेको उल्लेख गरे ।
सम्बन्धित

प्रतिक्रिया