एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनको लागि प्रयोग गर्न मिल्ने

काठमाडौं । एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्त्वपूर्ण मानिने पोलिस्टिरिन सिट्स (ईपीएस सिट्स) को उत्पादन सुरू गरी बिक्री वितरण थालेको छ । प्यानका घर निर्माण गर्दै आइरहेको यस कम्पनीले कंक्रीट घर निर्माण गर्दा वालकोबीचमा राखिने ईपीएस सिट्सको स्वादेशमै उत्पादन गर्न थालेको हो ।
कम्पनीका निर्देशक शशी शाहका अनुसार अपार्टमेन्टमा पनि इन्सुलेशनको लागि ईपीएस सिट्सको प्रयोग गर्न सकिने छ । थर्मल इन्सुलेशन प्रदान गर्ने ईपीएस सिट्सले ध्वनि नियन्त्रणमा र निर्माण गतिलाई पनि नयाँ दिशातर्फ लग्न मद्दत गर्छ ।
ईपीएस सिट्स एक किसिमको प्लास्टिक फोम हो । घर निर्माणमा प्रयोग हुने ईपीएस सिट्स मजबुत, टिकाउ र इन्सुलेटिभ हुने शाहले जानकारी दिए । यसको प्रयोग विशेषतः घरको भित्ता, छानामा गर्न सकिन्छ भने घरलाई धेरै तातो तथा धेरै चिसो हुनबाट जोगाउन लागि पनि गरिन्छ ।
यो वातावरण मैत्री हुनका साथै ध्वनि अवरोध र घरको ताप तथा चिसो नियन्त्रण गर्छ । शाहका अनुसार धेरैजसो प्रिफ्याब घरहरूमा समेत ईसीएस प्यानल प्रयोग हुँदै आएको छ । जसले निर्माण समयलाई झनै छोटो बनाएको छ ।
‘नेपालमा ईपीएसको प्रयोग बढ्दै छ, विशेषगरी उपत्यकाभित्रका नयाँ भवनमा यो प्रविधि निकै उपयुक्त हो,’ उनले भने । ईपीएस सिट्स नेपाली निर्माण प्रविधिमा नयाँ युगको सुरुवात गरिरहेको छ । घर बनाउँदा तापमान नियन्त्रण, ध्वनि अवरोध र लागत कटौतीका लागि ईपीएस सिट्स एक स्मार्ट विकल्प हुनसक्ने शाहले बताए ।
उनका अनुसार कम्पनीबाट बिक्री हुने ईपीएस सिट्स मूल्यका हिसाबले पनि औसत रहेको छ । कोरियन यस कम्पनीले सन् २०१७ देखि चितवनको रत्ननगरमा आफ्नै उद्योग लगाइ प्यानल उत्पादन गर्दै आएको छ । साथै, उक्त उद्योगबाटै ईपीएस सिट्सको अब भने उत्पादन हुन थालेको हो ।
प्रतिक्रिया