हुन्डाई इलेक्ट्रिक सवारी साधनमा प्रि-बजेट अफर

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ । यो अफर सीमित समयको लागि २०८२ जेठ ५ गतेदेखि २०८२ जेठ १४ गतेसम्म लागू हुनेछ । अफरले ग्राहकलाई हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आइओएनआइक्यू ५ र क्रेटा इभीमा लागु गरिएको छ।
यो अफर नेपाली उपभोक्ताको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । यस योजना अन्तर्गत, नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यू ५ र क्रेटा इभी खरिद गर्ने ग्राहकले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन् । प्रि-बजेट छुट योजनाको मुख्य विशेषतामा नि:शुल्क बिमा रहेको छ, जसमा ग्राहकले आफ्नो नयाँ हुन्डाई इभीको लागि नि:शुल्क बिमा कभरेज प्राप्त गर्नेछन् ।
साथै यस अफरमा ग्राहकले सडक करसमेत निःशुल्क पाउने छन् । यसका साथै तीनवटै मोडेलमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनलाई पहिलेभन्दा बढी किफायती बनाउनेछ ।
यो प्रि-बजेट योजना ग्राहकलाई विशेष अफरसहितको सुबिधा प्रदान गर्ने एक एक सक्रिय पहल हो । इभी गाडीका पारखीका लागि प्रत्येक मोडेलमा विशेष अफरको बारेमा थप जान्न र आफ्नो मनपर्ने हुन्डाई इलेक्ट्रिक गाडी बुक गर्न आफ्नो नजिकको हुन्डाई शोरूममा जान प्रोत्साहित गर्दछौँ ।
हुन्डाईको विद्युतीय सवारी साधनको क्रान्तिमा सामेल हुने, आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन यो महत्वपूर्ण अवसरको सदुपयोग गर्न आग्रह गर्दछौं । लक्ष्मी हुन्डाईले री-लाक्स चार्जिङ नेटवर्क विस्तार गरेर इभी इकोसिस्टमलाई अझ बलियो बनाएको छ, जसमा हाल देशभरका विभिन्न स्थानमा डिसी र एसी दुवै प्रकारका ६६ सक्रिय चार्जर स्टेसन रहेका छन् ।
साथै हामी ग्राहकलाई समान विश्वसनीय सेवा, पार्टपुर्जा उपलब्धता र बिक्री पछिको समर्थन सुनिश्चित गर्दछौं ।
प्रतिक्रिया