मंगलबार, जेठ ७, २०८२

४९ अंकले बढ्दा सात अर्ब ३१ करोडको किनबेच

शेयर बजारमा उछाल

नेपालखोज २०८२ जेठ ७ गते १५:४१

काठमाडौं । नेप्सेको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १९ दशमलव ३० अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ४९ दशमलव शुन्य नौं अंकले बढेर २६ सय ७७ दशमलव ४५ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठं दशमलव ६८ अंकले बढेर चार सय ५१ दशमलव शुन्य एक अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ७३ हजार ५४ पटकको कारोबारमा एक करोड ६८ लाख ८८ हजार चार सय ५९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ३१ करोड २७ लाख ९० हजार एक सय ९६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २८ दशमलव ३६ अंकले बढेर १३ सय ४३ दशमलव ६० अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि एक सय ६१ दशमलव ४५ अंकले बढेर पाँच हजार पाँच सय १२ दशमलव ८० अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ६२ दशमलव ३३ अंकले बढेर २४ सय ५४ दशमलव ७४ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ८९ दशमलव ६४ अंकले बढेर तीन हजार पाँच सय २९ दशमलव १५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ९१ दशमलव ७२ अंकले बढेर १३ हजार चार सय ३७ दशमलव शुन्य आठ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ३८ दशमलव ५४ अंकले बढेर १२ हजार पाँच सय ९३ दशमलव १७ अंकमा चढेको छ ।

यि बाहेक होटल तथा पर्यटल, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः दुई सय ५३ दशमलव २९, दुई दशमलव ९१, एक सय २७ दशमलव शुन्य तीन, ६७ दशमलव ४५, शुन्य दशमलव शुन्य सात, १८ दशमलव ३४ र ६४ दशमलव ६८ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सुचीमा पहिलो स्थानमा सिन्धु बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बाराही हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा राधी बिद्युत कम्पनी परेको छ ।

प्रतिक्रिया