राष्ट्र बैंक भन्छ- झन्डै ४९ प्रतिशतले शंकास्पद कारोबार बढ्यो

काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधि सम्बन्धी प्रतिवेदन’ अनुसार गतवर्ष यस्ता कारोबार तथा गतिविधिबारे झण्डै ४९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको हो ।
‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या सन् २०२३ मा छ हजार दुई सय ५५ रहेकोमा सन् २०२४ मा यस्तो संख्या झण्डै ४९ प्रतिशतले बढेर नौ हजार तीन सय चार पुगेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२४ मा जम्मा एक हजार आठ सय ९४ प्रतिवेदन विश्लेषण गरिएकोमा एक हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने अनुसन्धान निकाय तथा नियामकीय कारबाहीका लागि पठाइएको थियो ।
यसरी पठाइएका प्रतिवेदन मध्ये आठ सय आठवटा प्रतिवेदन मध्ये भविष्यमा थप जानकारी प्राप्त भएमा राष्ट्र बैंकले पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया