चीनले सफलतापूर्वक गर्याे नयाँ सञ्चार उपग्रह प्रक्षेपण
नेपालखोज
२०८२ जेठ ७ गते २०:२०

हाइनान । चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ ।
‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७ः५० बजे लङ् मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो । उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलता पूर्वक स्थान लिन सफल भएको छ ।
यस उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान, रेडियो तथा टेलिभिजन प्रसारण सेवाहरू प्रदान गरिने अपेक्षा गरिएको छ ।
साथै, यस प्रक्षेपणसँगै लङ् मार्च रकेट शृङ्खलाको यो ५७७ औँ उडान रहेको छ, जसलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । -रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया