‘कांग्रेस-एमाले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर रहने छ’
नेपालखोज
२०८२ जेठ ७ गते १०:२९

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आगामी २०८४ सालको निर्वाचनसम्म नै निरन्तर रहने बताएका छन् ।
प्रेसचौतारी दाङ शाखाले बुधबार गरेकाे पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार रहेको स्पष्ट पार्दै कांग्रेस-एमालेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहने बताए ।
कांग्रेस र एमालेमा सत्ता सञ्चालनमा कुनै असमझदारी नरहेको समेत उनको भनाइ छ । उनले साना दलले ठूला दलमाथि शासन गर्ने परिपाटीको अन्त्य गर्न एमाले र कांग्रेस मिलेर सरकार सञ्चालन गरेको पोखरेलको भनाइ थियो ।
सम्बन्धित

प्रतिक्रिया