बुधबार, जेठ ८, २०८२

युक्रेनको सैन्य प्रशिक्षण स्थलमा भएको रूसी हमलामा छ जनाको मृत्यु

नेपालखोज २०८२ जेठ ८ गते १६:५९

किएभ,युक्रेन । उत्तरपूर्वी युक्रेनको सैन्य प्रशिक्षण स्थलमा भएको रूसी हमलामा छ जना सैनिकको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएको युक्रेनी नेसनल गार्डले बुधबार जनाएको छ ।

युक्रेनको सुमीको सीमावर्ती क्षेत्रबाट युक्रेनी सेनाले गत वर्ष रूसको कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो भने मस्कोले यस क्षेत्र पछिल्लो समय पटक–पटक आक्रमण स्थल बनेको छ । शिविरमा अभ्यास गदै गर्दा आक्रमण भएको नेसनल गार्डले सामाजिक सञ्जाल फेसबुक पोस्टमा सार्वजनिक गर्दै घटनाको अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।

रूसको रक्षा मन्त्रालयले मङ्गलबार उक्त स्थानमा ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको घोषणा गरेको थियो । अनुसन्धानको क्रममा युक्रेनी सेनाको प्रशिक्षण शिविर ‘पत्ता लगाइएको र प्राप्त निर्देशनका आधारमा ‘इस्कन्दर मिसाइल’ द्वारा आक्रमण गरिएको युक्रेनद्वारा सामाजिक सञ्जालमार्फत दिएको छ । रूसले पनि जङ्गलमा रहेको प्रशिक्षण शिविरमा भएको आक्रमणलाई पुष्टि गर्ने तस्बिरहरू प्रकाशित गरेको थियो ।

तस्बिरमा आगोको ठुलो लप्को र जमिनबाट निकै माथि आकाशमा धुवाँको मुस्लो देखिएको छ । घटनाको आन्तरिक अनुसन्धान भइरहेको उल्लेख गर्दै सैन्य एकाईका कमान्डरलाई निलम्बन गरिएको र आवश्यक जानकारी सुरक्षा निकायमा पठाइएको युक्रेनको नेशनल गार्डले जनाएको छ ।

प्रतिक्रिया