बुधबार, जेठ ८, २०८२

राष्ट्रियसभा बैठक जेठ १४ गते बस्ने गरी स्थगित

नेपालखोज २०८२ जेठ ८ गते १७:०५

काठमाडौं । राष्ट्रियसभा बैठक जेठ १४ गते बस्ने गरी स्थगित भएको छ ।

बुधबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक जेठ १४ गते बस्ने गरी स्थगित गरिएको जानकारी दिए ।

आजको बैठकले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएकाे छ ।

त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ टेबुल गरियो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरिन् ।

प्रतिक्रिया