बुधबार, जेठ ८, २०८२

मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गर्दै सिंगापुर

नेपालखोज २०८२ जेठ ८ गते १८:२३

सिंगापुर । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्न लागेको छ । यो प्रणालीले मुटुको स्क्यान चाँडो हेर्न सक्ने भएकाले मुटुमा समस्या छ कि छैन भन्ने चाँडै थाहा पाउन सजिलो हुनेछ ।

अहिले मुटुको स्क्यान हेरेर समस्या पत्ता लगाउन २ देखि ४ घण्टा लाग्छ, तर यो एआई प्रयोग गरेपछि १० मिनेटमै नतिजा आउन सक्छ। वरिष्ठ डाक्टर लोहेन्द्रन बास्करनले मंगलबार सञ्चारकर्मीलाई यसबारे जानकारी दिए ।

यो प्रणाली पहिले परीक्षण गरिएको बेलामा ८५५ देखि ९९५ सम्म सही नतिजा दिएको थियो। अब यो प्रणाली एक वर्षसम्म अस्पतालहरूमा प्रयोग गरेर त्यसको परिणाम कस्तो हुन्छ भन्ने हेरिनेछ । ‘सिंगापुर मुटु घाउ विश्लेषकु नाम दिइएको यो प्रणाली सन् २०२५ को तेस्रो चौमासिक (सेप्टेम्बर(अक्टोबरतिर)बाट प्रयोगमा ल्याइनेछ ।

सिंगापुरमा मुटुको समस्या हुने रोग सबैभन्दा धेरै मानिसको ज्यान लिने कारण हो । सन् २०२२ मा आठ हजार३११ जनाको मृत्यु मुटुसम्बन्धी रोगका कारण भएको थियो, जुन कुल मृत्युमध्ये लगभग ३० प्रतिशत हो । -रासस/सिन्ह्वा

प्रतिक्रिया