बिहीबार, जेठ ९, २०८२

राष्ट्रिय गौरवका आयोजनाको लागि आवश्यक बजेटमा समावेस गर्नुपर्ने माग

नेपालखोज २०८२ जेठ ८ गते २१:२३

काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय गौरवका आयोजनाका साथै प्रमुख राष्ट्रिय आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गर्न माग गरेको छ ।

जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमध्य बानेश्वरमा आज बसेको मोर्चाको बैठकले खासगरी हुलाकी सडक, निजगढ अन्तरराष्ट्रिय विमानस्थल, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको विस्तार तथा सञ्चालन गर्न पर्याप्त बजेटको व्यवस्था गर्न सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले जानकारी दिए ।

मोर्चाले चुरे संरक्षण र बाढी नियन्त्रण, सिक्टा र बागमती कमला सिँचाइ आयोजनासहित मुख्य सिँचाइ आयोजना, त्रियुगा नहर पुनःनिर्माण, उत्तर–दक्षिण सडक आयोजना, बन्द रहेका आयोजना पुनःसञ्चालन आदिका साथै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्नपनि सरकार समक्ष अनुरोध गरेको छ ।

मोर्चाले सरकारले संसद्मा प्रस्तुत गरेको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ देश र जनताको हितमा नभएको भन्दै सो विधेयक फिर्ता लिन सरकारसँग अनुरोध पनि गरेको छ । -रासस

प्रतिक्रिया