‘इन्डोनेसिया एसिया–प्रशान्तको कार्बन भण्डारण केन्द्र बन्ने’

जकार्ता । इन्डोनेसियाले आफूलाई एसिया–प्रशान्त क्षेत्रको प्रमुख कार्बन भण्डारण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । यस उद्देश्यले नविकरणीय ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने अवसरहरू सिर्जना हुने विश्वास गरिएको छ ।
इन्डोनेसियाका नविकरणीय ऊर्जा तथा ऊर्जा संरक्षण महानिर्देशनालयका जैव ऊर्जा निर्देशक एडी विबोवोले भने, ‘हाम्रो देशमा जलाशयहरूमा लगभग ५७२ दशमलव ७७ गीगाटन कार्बन भण्डारण गर्ने क्षमता छ । साथै, प्रयोग भइसकेका तेल तथा ग्यास भण्डारहरूमा पनि करिब चार दशमलव ८५ गीगाटन कार्बन भण्डारण गर्न सकिने सम्भावना छ । यसका आधारमा इन्डोनेसिया क्षेत्रीय कार्बन भण्डारण सेवाको केन्द्र बन्ने उच्च सम्भावना बोकेको छ ।’
उनले कार्बन भण्डारण प्रविधिले विद्युत उत्पादन, यातायात र औद्योगिक क्षेत्रमा कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान हुने बताउनुभयो । यसले इन्डोनेसियाको हरितगृह ग्याँस न्यूनीकरणसम्बन्धी राष्ट्रिय योजना अनुरूप काम गर्न सहयोग हुने उनले बताए ।
उनले थप भने ‘इन्डोनेसियाको नविकरणीय ऊर्जा सम्भावना तीन हजार ६८० गीगावाटभन्दा बढी छ, तर हालसम्म जम्मा शुन्य दशमलव तीन प्रतिशत मात्र उपयोग गरिएको छ ।’
‘नविकरणीय ऊर्जा क्षेत्रमा लगानी र विकासको विशाल सम्भावना छ,’ उनले जोड दिए । ‘सरकारले आर्थिक विकास र वातावरणीय दिगोपनालाई सन्तुलनमा राख्दै नविकरणीय ऊर्जा स्रोतहरूको व्यापक प्रयोगको लागि अवसरहरू खुला गरिरहेको छ ।’ -रासस/सिन्ह्वा
प्रतिक्रिया