दश महिनामा ३३ करोड ४४ लाख राजस्व सङ्कलन
नेपालखोज
२०८२ जेठ ९ गते ११:२६

हेटौँडा । हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ३३ करोड ४४ लाख छ हजार राजस्व सङ्कलन गरेको छ ।
दश महिनामा सम्पत्ति करबाट छ करोड ८५ लाख ६८ हजार ९७१, घरबहाल करबापत चार करोड ६३ लाख ३५ हजार ८४, नक्सापास दस्तुर पाँच करोड ७५ लाख ५८ हजार ५१०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट तीन करोड ५६ लाख २५ हजार सङ्कलन भएको उपमहानगपालिकाले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया