शुक्रबार, जेठ १०, २०८२

रवि लामिछानेलाई थुनामै राख्न अदालतकाे आदेश

नेपालखोज २०८२ जेठ १० गते २१:०५

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामै राख्न आदेश दिएकाे छ ।अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविलाई रिहा गर्न अस्वीकार गरेको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले लामिछानेलाई रिहा गर्न आदेश दिएको हो । अदालतले रविलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश आज सदर गरिदिएको हाे ।

प्रतिक्रिया