नैरोबीमा आगलागी, आठको मृत्यु
नेपालखोज
२०८२ जेठ ११ गते २०:०२

नैरोबी । केन्याको राजधानी नैरोबीको एक अनौपचारिक बस्तीमा शनिबार आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय समयअनुसार बिहान ५ बजेतिर शहरको माकिना क्षेत्रमा आगलागी सुरु भएको प्रहरी अधिकारी पेट्रिसिया येगोनले जानकारी दिए ।
उनले भने, ‘आगलागीमा आठ जनाको जलेर मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाइतेहरूलाई बिभिन्न स्थानमा राखी उपचार भइरहेकोले घाइते हुने व्यक्तिको स्पष्ट सङ्ख्या अझै सङ्कलन भइरहेको छ ।’
आगलागी कसरी सुरू भयो यसबारे कारण खुल्न सकेको छैन । राजधानीका भीडभाड र विपन्न अनौपचारिक बस्तीहरूमा बारम्बार डढेलो लाग्ने गर्छ ।
केन्याली रेडक्रसका अनुसार स्थानीय समुदायको सहयोगमा अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिनुअघि ४० घर प्रभावित भएका थिए । रासस/एएफपी
सम्बन्धित
प्रतिक्रिया