यूएईमा अत्यधिक तापक्रम ५१.६ डिग्री सेल्सियस मापन

दुबई, यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१।६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।
‘आज यूएईको स्थानीय समयअनुसार १३ः४५ बजे स्वेइहान ९अल ऐन० मा ५१।६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,’ केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।
अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा यो १.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको कार्यालयले जनाएको छ । सन् २००९ को मे महिनामा अत्यधिक ५०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
युएई र्पथ्वीकोसबैभन्दा तातो क्षेत्रहरू मध्ये एक मानिन्छ यो विशेष गरी जलवायु परिवर्तनको लागि संवेदनशील छ । यूएई विश्वको एक शीर्ष वैश्विक तेल निर्यातकर्ता मुलुक हो भने यहाँको ठूलो क्षेत्र सुख्खा वातावरण ९मरुभूमि० का लागि चिनिन्छ ।
वैज्ञानिकहरूले यहाँ बारम्बार देखिने वायुको उष्ण लहर विश्वव्यापी तापक्रम वृद्धिको स्पष्ट सङ्केत भएको बताएका छन् ।विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको संख्या झण्डै दोब्बर भएको छ ।
ग्रीनपीसको एक अध्ययनअनुसार सन् २०२२ मा जलवायु परिवर्तनका कारण मध्यपूर्वमा पानी र खाद्यान्नको अभावका साथै भीषण गर्मीको लहरको उच्च जोखिम देखिएको थियो ।
संयुक्त अरब इमिरेट्स ९युएई० लगायत छ वटा देशलाई केन्द्रित गरी तयार पारिएको उक्त प्रतिवेदनमा यो क्षेत्र विश्वको औसतभन्दा झण्डै दुई गुणा बढी तापक्रम वृद्धि भइरहेको र यसले गर्दा यहाँको खाद्यान्न र पानीको आपूर्ति जलवायु परिवर्तनका लागि ‘अति संवेदनशील’ भएको पाइएको छ । रासस/एएफपी
प्रतिक्रिया