सोमबार, जेठ १३, २०८२

ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

नेपालखोज २०८२ जेठ १२ गते २०:४९

कैलाली । ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २-३ दिन देखि पटक-पटक ब्यूरोबाट खटि आएको असई भन्दै रकम मागेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न थापालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुरको १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राज कुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नबिन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई सोही ठाउँस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

कैलालीमा पनि २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने ७० वर्षीय लोक बहादुर बिष्टलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । बिष्टले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट प्रतिखेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

संखुवासभा । खाँदबारी नगरपालिका–९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत ९ जनालाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौं । तनहुँको व्यास नगरपालिका–५ स्थित सडकमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग.२ च ५७६० नम्बरको बोलेरो जिप गए राति मादी नदीमा खसेर दुर्घटना हुँदा जिपमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा व्यास नगरपालिका–५ बेतेनी बस्ने २८ वर्षीय प्रविन आले मगर, सोही नगरपालिका मानुङसोहरा बस्ने २२ वर्षीय कुसल थापा मगर र २२ वर्षीय कुमार थापा मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरस्थित सडकमा स.१ त ५४४२ नम्बरको ट्याक्टरमा म.प्र.०२–०१९ प ९६२६ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार दिउसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–१ जमुनी मध्येपुरा बस्ने १९ वर्षीय संतोष यादव र २२ वर्षीय सागर मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई छिन्नमस्ता अस्पताल राजबिराज हुँदै थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर मोरङ रिफर गरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

पर्साको वीरगंज महानगरपालिका–१७ अलौस्थित सडकमा ना.७ ख ९४२९ नम्बरको टिपरले बिआर ०५ एल ८१५९ नम्बरको मोटरसाइकललाई शनिबार दिउसो ठक्कर दिँदा मोटरसाइकल चालक वीरगंज महानगरपालिका–१६ नगवा टोल बस्ने २२ वर्षीय छोटु साह सोनार र मोटरसाइकलमा सवार सोही महानगरपालिका–२९ रतनपुर टोल बस्ने २९ वर्षीय शुकुरूला अंसारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका छोटु साहको पावर हाउसस्थित निलकण्ठ अस्पतालमा र शुकुरूलाको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ पोखरभिन्डास्थित सडकमा पोखरभिन्डाबाट सरस्वती खोलातर्फ जाँदै गरेको स.१ त ६६४३ नम्बरको ट्याक्टरबाट लडेर सोही गाउँपालिका–२ पोखरभिण्डा बस्ने ३० वर्षीय प्रदिप चौधरीको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सल्यानको दार्मा गाउँपालिका–६ चौताराटोलमा रा.७ प ७४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक २१ वर्षीय जिबन बिकको घटनास्थलमै मृत्यु भएको छ ।

बर्दियाको मधुबन नगरपालिका–८ लालसिंह चोकस्थित सडकमा भे.१३ प २६६९ नम्बरको मोटरसाइकल र भे.६ प ५४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा भे.१३ प २६६९ नम्बरको मोटरसाइकल चालक गुलरीया नगरपालिका–२ बस्ने २८ वर्षीय देवानन्द यादव र भे.६ प ५४१ नम्बरको मोटरसाइकल चालक मधुबन नगरपालिका–८ लालिबजार बस्ने ३० वर्षीय टंक बहादुर बिसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बर्दिया अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे.१३ प २६६९ नम्बरको मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगंज बाँके पठाइएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपही पुलस्थित सडकमा महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२–०२–००२ प ५९९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने २८ वर्षीय उपेन्द्र पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदी बेसिशहर–मनाङ सडक खण्डमा ज.५ प ७०१६ नम्बरको मोटरसाइकल र बिएए ०६९९ नम्बरको बोलेरो जिप एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक बेसिशहर नगरपालिका–१० बस्ने ४५ वर्षीय याकम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया