सोमबार, जेठ २७, २०८२

घट्यो सुनको मूल्य

नेपालखोज २०८२ जेठ १३ गते ११:१२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो ।

जसअनुसार छापावाल सुन सोमबार तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।

प्रतिक्रिया