भिजिट भिसामा गृहमन्त्री संलग्न नरहेको कांग्रेसकाे दाबी
नेपालखोज
२०८२ जेठ १२ गते १२:०५

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको दाबी गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले गृहमन्त्री निर्दोष रहेको निष्कर्ष निकालेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका हुन् ।
गृहमन्त्री छानबिनको दायरामा समेत नरहेको कुरामा पार्टी विश्वस्त भएको भन्दै उनले राजीनामाको कुरै नआउने बताए ।
सम्बन्धित

प्रतिक्रिया