कार्यपालिका बैठक तत्काल बोलाउन मेयर साहसँग माग
नेपालखोज
२०८२ जेठ १२ गते १५:०४

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिका ३९ सदस्यले तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
सोमबार महानगरका ३९ कार्यपालिका सदस्यको अनौपचारिक बैठकपछि मेयर बालेन्द्र साहसँग उनीहरुले कार्यपालिका बैठक बोलाउन माग गरेका हुन ।
४० सदस्य रहेको कार्यपालिकामा मेयर साह बाहेक सबैको उपस्थिति रहेको थियो ।
महानगरको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन । ६ महिना देखि बैठक बस्न नसकेकाले तत्काल बैठक बोलाउन दबाब स्वरुप पत्र दिएको महानगरका प्रवक्ता नविन मानन्धरले बताए ।
सम्बन्धित

प्रतिक्रिया