सोमबार, जेठ २७, २०८२

५.२१ अंकले घट्दा सात अर्ब ५८ करोडको शेयर किनबेच

नेपालखोज २०८२ जेठ १३ गते १५:३९

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार ५.२१ अंकले घटेर २ हजार ६७४.७६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ४५६.०९ अंकमा झरेको छ ।

नेप्सेमा आज ३३७ वटा कम्पनीको ६९ हजार ६५१ पटकको कारोबारमा एक करोड ६१ लाख ६० हजार ६२५ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ५८ करोड ५० लाख २२ हजार ५९० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको शेयर कारोबार भएकोमा दुई वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार.४८ अंकले बढेर १ हजार ३८८.३९ अंकमा चढेकोमा उत्पादनमुलक समूहको सूचक ५७.५ अंकले बढेर सात हजार २१६.९५ अंकमा चढेको छ ।

विकास बैंक समूहको सूचक भने ८.४१ अंकले घटेर पाँच हजार ४१५.०७ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक ३३.२० अंकले बढेर १३ हजार ३०१.३१ अंकमा झरेको छ ।

निर्जीवन बिमा समूहको सूचक ५६.०६ अंंकले घटेर १२ हजार ४९९.३७ अंकमा झरेकोमा होटेल तथा पर्यटन, जलबिद्युत, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ६२.०९, २.१६, ०.१७, ७४.८८, ०.०१, ११.३७ र ५ दशमलव ७५ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने राधी जलबिद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया