बिहीबार, जेठ १६, २०८२

नेपालमा आउने भयो एम्पोरियो अर्मानी

नेपालखोज २०८२ जेठ १३ गते १७:३३

काठमाडौं । इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी अब आधिकारिक रूपमा नेपालमा प्रवेश गर्न लागेको छ । एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो अर्मानीले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरेको हो । निकट भविष्यमा यो ब्रान्ड नेपालका प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना रहेको छ ।

जर्जियो अर्मानी द्वारा स्थापित एम्पोरियो अर्मानी कम्फरटेबल, सुरुचिपूर्ण र आधुनिक फेसनको प्रतीक मानिन्छ । यस ब्रान्डले आफ्ना उत्पादनहरूमा उच्च गुणस्तर, उत्कृष्ट डिजाइन र मिहिन कलाकौशल समावेश गर्छ । एम्पोरियो अर्मानीले विश्वका उत्कृष्ट फेसन डिजाइनरहरू र उत्तम कपडाहरू, एक्ससेसोरिज् तथा अन्य कच्चा पदार्थकोको छनोट गर्दै फेसनको दुनियाँमा नयाँ शैली स्थापना गर्दै आएको छ । यो ब्रान्डले उपभोक्ताको आत्मविश्वास बढाउनुका साथै प्रयोगकर्ताको सुविधा र आरामलाई पनि उत्तिकै महत्त्व दिन्छ ।

कपडामा मात्र सीमित नभई, एम्पोरियो अर्मानीले जुत्ता, वालेट, पर्स, बेल्ट, ब्याग लगायतका सम्पूर्ण लाइफस्टाइल उत्पादनहरू उत्पादन तथा विक्री वितरण गर्नेगर्छ । हालसम्म नेपाली बजारमा नक्कली र अनधिकृत एम्पोरियो अर्मानीका उत्पादनहरू पाइँदै आएका थिए । तर अब पहिलो पटक आधिकारिक लक्जरी ब्रान्ड नेपाली उपभोक्ताहरूका लागि उपलब्ध हुँदैछ । एम्पोरियो अर्मानी हालै नेपालमा शोरूम तथा फ्रेन्चाइज स्टोर खोल्न अग्रसर भएको छ, जसले उपभोक्तालाई असलीपन र भरोसाको अनुभव दिलाउनेछ ।

एम्पोरियो अर्मानी केवल फेसन ब्रान्ड होइन, यो आत्मविश्वास, पहिचान र गुणस्तरको प्रतीक हो, अरमानीका नेपाल प्रतिनिधीले बताए, हामी यस्तो विश्वस्तरीय ब्रान्ड नेपाल भित्र्याउन पाउँदा गर्व महसुस गरिरहेका छौं । यस साझेदारीसँगै नेपाल अन्तर्राष्ट्रिय लक्जरी फेसनको क्षेत्रमा समावेश हुँदैछ । एम्पोरियो अर्मानीको आगमनले नेपाली बजारमा लक्जरी फेसन र लाइफस्टाइलको नयाँ अध्याय सुरु गर्नेछ ।

प्रतिक्रिया