शनिबार, पुष ५, २०८२

नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

नेपालखोज २०८२ जेठ १२ गते १८:००

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ८० ट्याब्लेट सहित सुनसरी रामधुनी नगरपालिका–३ बस्ने २२ वर्षीय अजित परियारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१–०१–००१ ख ४३७१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

भोक्राहा नरसिंह गाउँपालिका–६ फुल चोकमा प्र.०१–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले प्र.०१–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई सोमबार दिउसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा इनरूवा नगरपालिका–१० बस्ने २० वर्षीय सर्प राज अन्सारी र हरिनगरा गाउँपालिका–१ बस्ने २१ वर्षीय महजित अन्सारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सप्तकोशी न्यूरो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

नुवाकोटको बिदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशुली हाइड्रोपावरको नहरमा सोही नगरपालिका–७ सोले बस्ने ६१ वर्षीय बिष्णु बहादुर बस्नेत सोमबार मृत अवस्थामा फेला परेका छन् ।

खोटाङ, वराहपोखरी गाउँपालिका–५ पौवासेरास्थित सुनकोशी नदीमा हाल नाम, थर र वतन नखुलेका पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया