शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा

काठमाडौं । अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो अत्यधिक प्रतिक्षित स्मार्टफोन भिभो भी ५० लाईट नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शक्ति, उच्च प्रदर्शन र प्रोफेशनल फोटोग्राफी क्षमताको अनुपम संयोजनमा आधारित यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताका सबै आवश्यकतालाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको हो ।
सार्वजनिक घोषणा एक विशेष स्ट्यान्डअप कमेडी शो ‘द लाईट शो’ मार्फत गरियो, जुन हास्य, प्रविधि र मनोरञ्जन को सकारात्मक पक्षलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएका थियो ।
यस कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर परस खड्का सहित नेपालका चर्चित कमेडियनहरू एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाको दमदार प्रस्तुति रहेको थियो। उनीहरूको रचनात्मकता हास्य पञ्चलाईनले दर्शकहरूलाई हाँसो, रमाइलो र उत्साहले भरिएको एक अविस्मरणीय साँझ प्रदान ग¥यो।
भिभो भी ५० लाईटमा समावेश गरिएको ६५०० एमएएच ब्लु वल्ट ब्याट्री भी सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमता भएका ब्याट्री हो । ९० वाट फ्ल्यास चार्ज प्रविधिले प्रयोगकर्ताहरूलाई केवल एक घण्टाको चार्जमै पुरै दिन चल्ने ब्याट्री शक्ति प्रदान गर्छ। साथै, ५ वर्षको ब्याट्री हेल्थ एस्योरेन्स र १७०० चार्ज साइकल समर्थनले दीर्घकालीन टिकाउपनाको प्रत्याभूति दिन्छ ।
फोनमा रहेको ६.७७ ईन्चको १२० हर्ज अल्ट्रा भिजन पि-ओलेड पञ्च-होल डिस्प्ले र ९४.२% स्क्रिन-टु-बडी रेसीयोले प्रयोगकर्तालाई अत्यन्त इमर्सिभ अनुभव प्रदान गर्दछ । ७.७९ एम एमको अल्ट्रा-स्लिम प्रोफाइल, आकर्षक ग्लो रिङ्ग क्यामेरा मोड्युल र हाई-ग्लस मेटालिक फ्रेमले यसको प्रीमियम डिजाइनलाई अझ निखार दिन्छ ।
फोनको कम्प्रेहेन्सिव कुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता विशेषताहरूले यसको दिगोपन र सुरक्षाको ग्यारेन्टी दिन्छ ।
प्रतिक्रिया