घट्यो सुनको मूल्य
नेपालखोज
२०८२ जेठ १४ गते ११:११

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्रामको चाहिँ १ लाख ६३ हजार ६६५ रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्य तोलामा २ हजार ९९५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा २ हजार ५ रुपैयाँ कायम भएको थियो । यस आधारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य तोलामा सामान्य घटेको छ ।
सम्बन्धित
प्रतिक्रिया