बूढीगण्डकी बनाउन राजनीतिक समझदारी चाहिने

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवकोे बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिका भवनको आज उद्घाटन गर्दै उनले आयोजना निर्माणमा राजनीतिक सहमति अपरिहार्य भएको बताए ।
जुनसुकै हालतमा आयोजना निर्माण हुने बताउँदै उनलेआयोजनाको ‘मेडालिटी’ र स्रोत व्यवस्थापनका कारण निर्माणमा विलम्ब भएको उल्लेख गरे । । ‘बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ,’ आफू प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी आयोजना निर्माणका लागि गरेको कसरतबारे सुनाउँदै उनले भने । बूढीगण्डकी आयोजना निर्माणमा ढिलाई हुँदा जनतालाई धेरै पीडा भइरहेको छ, उनले भने, यो आयोजना निर्माणका लागि निरन्तर पहल र प्रयत्न गरिरहेका छौ ।
सङ्घीय शासन व्यवस्था अभ्यासमा आएपछि पालिकाहरुका भवन सुविधा सम्पन्न बनेकाले जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी हुनुपर्नेमा उनले जोडदिए । सिंहदरबार गाउँगाउँमा भनेर हामीले जे परिकल्पना गरेर संविधान बनाइयो, अध्यक्ष दाहालले भने, जनताले सुविधासम्पन्न भवनबाट सहज ढङ्गले सेवा प्रवाह प्राप्त गर्न सकेमात्र त्यसको औचित्य पुष्टी हुनसक्छ ।
उनले पछिल्लोसमय सघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कोसिस भइरहेको भन्दै गणतन्त्र पक्षधर सवै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए । आर्थिक विकास, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर राज्यले काम गर्नुपर्ने अध्यक्ष दाहालको सुझाव छ ।
यसैबीच, चितवनमा आज अपराह्न आयोजित एक कार्यक्रममा उहाँले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । युवाको विदेश पलायन रोक्न राज्यस्तरबाटै प्रयत्न हुनुपर्ने उनको अभिव्यक्ति छ ।
प्रतिक्रिया