युवा संघको चुनावमा १४०४ भोट खस्यो

नेपालखोज २०८२ जेठ १३ गते १८:०३

काठमाडौं । राष्ट्रिय युवा संघको नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ ।

पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो । १७६४ प्रतिनिधिमध्ये १४०४ जना मतदानमा सहभागी भएका छन् ।

अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् । थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । महासचिवमा थेवे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।

प्रतिक्रिया