दिगो किसिमका खानेपानी आयोजना अघि बढाइने छ : मन्त्री यादव

नेपालखोज २०८२ जेठ १३ गते १८:५४

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो किसिमका खानेपानी आयोजनालाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन् ।

आज हेटाैँडा उपमहानगरपालिका-१६ को बृहत शक्ति खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘सरकार स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत छ ।’

याे कार्यक्रमका विशिष्ट अथिति एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना हेटौँडालगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्याउने योजनाको मूर्तरूप भएको बताए ।

खानेपानी तथा सरसफाइको दीगो विकासको लक्ष्य हासिल गर्न तीनै तहको सरकारको प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जीनीयर रामकुमार श्रेष्ठले बताए ।

बृहत शक्ति खानेपानी आयोजनामार्फत यहाँका आठ हजार ७१९ घरपरिवार लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए । उक्त आयोजना कूल ६ करोड ६७ लाख ६७ हजार २६३.९२ मा सम्पन्न भएको हो ।

प्रतिक्रिया