बिहीबार, जेठ १६, २०८२

लमजुङमा आगलागी, महिलाको मृत्यु

नेपालखोज २०८२ जेठ १५ गते ९:४२

लमजुङ । सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एक महिलाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।

आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि र प्रहरी र स्थानीयले उनी बस्नु भएको कोठाको ढोका फोरेर उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया