शान्तिवाटि र भृकुटीमण्डपका क्षेत्रको झण्डै ८०० ट्राफिक प्रहरी परिचालित
नेपालखोज
२०८२ जेठ १६ गते ११:४६

काठमाडौं । शान्तिवाटि र भृकुटीमण्डपका क्षेत्रमा झण्डै ८०० ट्राफिक प्रहरी परिचालित गरिएकाे छ ।
आज नेकपा एमाले र राजावादीले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको हाे ।
नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका छन् ।
एमालेको साँस्कृतिक झाँकीसहितको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुन: भृकुटीमण्डप आएर सम्पन्न हुने छ ।
त्यसैगरी राप्रपा, राप्रपा नेपाल सहित राजावादी दल र संस्थाहरुले रत्नपार्क-शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया