गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र स्थापना भएर १८औँ वर्षमा प्रवेश गरेको अवसरमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै छ । उत्सव मनाउन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट एमालेका नेता, कार्यकर्ता र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भइरहेका छन् ।
विभिन्न स्थानबाट आ(आफ्नो भेषभूषा, सांस्कृतिक झाँकी, र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भई बृहत् र्याली रत्नपार्कमा पुगेर सम्बोधन गरेपछि उत्सव समापन हुने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
‘गणतन्त्र उत्सवको र्याली प्रारम्भ भइरहेको छ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो दिवसलाई पटक उत्सवका रूपमा मनाउन लागिएको हो’, विभागका प्रमुख राजेन्द्र गौतमले भने, ‘११ बजेदेखि सबैतिरबाट सुरु भएको र्याली केहीबेरमा भृकुटीमण्डपमा भेला हुन्छौँ, रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र दिवसको सम्बोधन हुनेछ ।’
एमालेले गणतन्त्रका पक्ष शक्तिलाई पनि गणतन्त्र उत्सवमा सहभागी हुन आग्रह गरेको छ । गणतन्त्र उत्सवको र्यालीमा गणतन्त्रको पक्षमा नारा लगाउँदै नेता, कार्यकर्ता सहभागी भइरहेका गौतमले जानकारी दिए ।
प्रतिक्रिया