शनिबार, जेठ १८, २०८२

सात जना अर्थमन्त्रीले १२ बर्षमा ल्याए झण्डै ३५६ खर्बको बजेट

नेपालखोज २०८२ जेठ १६ गते १३:४२

काठमाडौं । नेपालमा स्थिर सरकार नहुने कारणले गर्दा पनि बिकास निर्माणका काम प्रभावित हुने गरेको देखिएको छ । स्थिर सरकार नहुँदा बजेटको निर्धारित लक्ष्य पुरा नहुने, कार्यान्वयन पक्ष फितलो हुनुले पनि बिकास निर्माणका कामहरु प्रभावित हुने गरेको देखिएको हो ।

स्थिर सरकार नहुँदा पछिल्लो १२ बर्षको अवधिमा सात जना फरक व्यक्ति अर्थमन्त्री भएको र ति अर्थमन्त्रीले १ खर्ब बराबरको बजेट ल्याईसक्दा पनि मुलुकको अवस्था उल्लेखरुपमा सुधार भएको छैन । अर्थमन्त्रायबाट प्राप्त तथ्यांक अनुसार आ.व २०७०-०७१ देखि आव आ.व २०८१-०८२ सम्म १५६ खर्बको बजेट आईसकेको छ ।

जसमध्ये आर्थिक बर्ष २०८१-०८२ अर्थमन्त्री बर्षामान पुन अनन्तले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । त्यसको लगत्तै आव २०८०-०८१ अर्थमन्त्री डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए । आ.व २०७९-०८० मा तत्कालीन अर्थमन्त्री जर्नादन शर्मा (प्रभाकर) ले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

यसअघि अर्थात आ.व २०७८-०७९ मा भने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएका थिए । यसैगरी आ.व २०७७-०७८ को लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।

अर्थमन्त्रालयका अनुसार आ.व २०७६-०७७ को लागि भने अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए । यसैगरी आ.व २०७५-०७६ मा पनि अर्थमन्त्री डा. खतिवडाले नै बजेट ल्याएका थिए । उक्त बर्षको लागि खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।

त्यसपछि अर्थात आ.व २०७४-०७५ को लागि भने अर्थमन्त्री कृष्ण बहादुर महराले १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए । आ.व २०७३-०७४ को लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैंयाँ बराबरको बजेट ल्याएका थिए ।

अर्थमन्त्रालयका अनुसार आ.व २०७२-०७३ को लागि भने अर्थमन्त्री डा. रामशरण महतले आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए । डा. महत कै नेतृत्वमा आ.व २०७१-०७२ को लागि पनि बजेट आएको थियो । उक्त बर्षको लागि डा. महतले ६ खर्ब १८ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।

यसैगरी आ.व २०७०-०७१ मा पनि अर्थमन्त्री डा. रामशरण महत कै नेतृत्वमा पाँच खर्ब १७ अर्ब २४ करोड रुपैयाँ बराबरको बजेट आएको थियो ।

प्रतिक्रिया