शनिबार, जेठ १८, २०८२

गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने : अध्यक्ष दाहाल

नेपालखोज २०८२ जेठ १६ गते १४:१२

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको जनसास्कृतिक कार्यक्रममा प्रचण्डले अहिले गणतन्त्रमाथि प्रश्न उठाउने निरर्थक दुस्प्रयास भइरहेको भन्दै यसबिरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताए ।

गणतन्त्र दिवस कुनै क्षेत्र वा पार्टी बिशेषको नभइ आम जनताको बलिदानीबाट प्राप्त भएको उपलव्धी भएको उनले बताए । दाहालले गणतन्त्रको रक्षा गर्नु र यस मार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि प्रयत्न गर्नु अहिलेको ऐतिहासिक आवश्यकता भएको धारणा राखे ।

उनले गणतन्त्रको रक्षा गर्दै समाजवादको यात्रातर्फ अघि बढ्नका लािग एकतावद्ध भएर पहल गर्न जरुरी रहेको पनि बताए ।

प्रतिक्रिया