शनिबार, जेठ १८, २०८२

स्वास्थ बिमा कार्यक्रमको पुनसंरचना हुने, १० अर्ब विनियोजन

नेपालखोज २०८२ जेठ १६ गते १६:५०

काठमाडौं । स्वास्थ बीमा कार्यक्रमको पुनसंरचना गर्नेगरी १० अर्ब रुपैयाँको बजेट छुट्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक २०८२/०८३ को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गर्ने घोषणा गरेका हुन ।

कानुनी व्यवस्थाको प्रभावकारी कार्यावन्यन र दायरा बिस्तार गर्दै बिमितको सुविधा थैली पनि क्रमश वृद्धि गर्ने पौडेलले बजेटमार्फत घोषणा गरेका छन् । सकारले हाल पाँच जनाको परिवारका लागि एक लाखसम्मको सुविधा थैली रहेकोमा यसलाई बढाउने घोषणा गरेको हो ।

सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गर्ने सरकारले घोषणा गरेको छ । ‘बिमितलाई फरक-फरक पोलिसी छनोटको सुविधा उपलब्ध गराइने छ । बिमा सुविधाको दुरुपयोग हुन नदिनका लागि दोहोरोपना बजेटमा उल्लेख छ ।

बिमा हुने चुहावट नियन्त्रण गर्ने संस्थागत प्रशासन कायम गरिने उनले बताए । जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, अति विपन्न तथा अपसंख्यकले दिने गरेको बिमा सुविधालाई निरन्तरता दिइने घोषणा गरेको छ ।

सरकारले आगामी आर्थिक बर्षको स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ । यसभन्दा अगाडि सरकारले सात अर्ब ५० करोड छुट्टाउँदै आएको थियो ।

प्रतिक्रिया