आइतबार, जेठ १९, २०८२

जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

नेपालखोज २०८२ जेठ १७ गते २०:४८

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी रोक्नुपर्नेमा जोड दिएका छन् । जडीबुटी कागजमा थोरै, ट्रकमा धेरै निर्यात हुने गरेकाले सरोकारवालाले यो विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

आज वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घको कार्यक्रममा उनले सबैले जडीबुटीको राजधानी कर्णाली भनेपनि खोज्दा नपाइने बताए ।

‘जडीबुटीको चोरी, निकासी, पैठारीको विषयमा मभन्दा बढी तपाईँहरू नै जानकार हुनुहुन्छ’, उनले भने, “म भर्खर एक वर्षदेखि सरकारमा छु, थोरैथोरै जान्या छु । तपाईँहरु त वर्षौँदेखि सिफारिस गरिरहनुभएको छ ।’

मुख्यमन्त्री कँडेलले वन अधिकारीकै संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको जानकारी आएकाले सचेत हुन आग्रह गरे ।

प्रतिक्रिया