आइतबार, जेठ १९, २०८२

चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौं पठाइयो

नेपालखोज २०८२ जेठ १८ गते १३:५७

त्रिवेणी । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१० चौरगाउँमा उत्पादन भएको १०३ क्वीन्टल लसुन काठमाडौं पठाएको छ ।

गाउँका २८ घर परिवारले उत्पादन गरेको सो लसुन काठमाडौं पठाइएको हो । वडा कार्यालयको सहजीकर लसुन काठमाडौं पठाएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार चौर गाउँका खीमबहादुर ओलीले यस याममा सबैभन्दा बढी १३ क्वीन्टल ३० किलो लसुन बिक्रीका लािग काठमाडौं पठाउँदा सबैभन्दा कम रमेश ओलीले एक क्वीन्टल चार किलो बिक्री गरेका छन् । चौरगाउँमा उत्पादन भएको लसुन अझै बिक्री गर्न बाँकी रहेको वडाध्यक्ष खड्काले जानकारी दिए । लसुनलाई तीन ग्रेड (ए, बि र सी) मा विभाजन गरेर बिक्री गरिएको हो ।

किसानले ‘ए’ ग्रेड लसुनलाई प्रति किलो १२५ रुपैयाँ, ‘बि’ ग्रेडलाई १०५ रुपैयाँ र ‘सि’ ग्रेडलाई प्रति किलो ६० रुपैयाँ मा बिक्री गरेका छन् । अब क्रमशः वडाको खर्सुपानी, गलम्पाटी, नमूनाबस्ती र खड्का टोलमा उत्पादन भएको लसुन बिक्री गर्ने तयारी वडाले गरेको छ ।

याे उत्पादन भएको लसुनबाट बिक्रीबाट डेड करोड रुपैयाँ भित्रिने वडा कार्यालयले अनुमान गरेको छ । हाल वडामा २५० किसानले व्यावसायिक लसुनखेती गर्दै आएका छन् । रासस

प्रतिक्रिया