आइतबार, जेठ १९, २०८२

‘बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने छ’

नेपालखोज २०८२ जेठ १८ गते १५:०६

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताएका छन् ।

बजेटका सन्दर्भमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले अर्थतन्त्रमा देखिएको संकुचन कम हुदै गएकाले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताए ।

संविधान जारी भएपछि तीन बर्षको आर्थिक बृद्धिदर ७ दशमलब ५ प्रतिशत रहेको अनुभव रहेको उनले बताए । पौडेलले चालू आर्थिक बर्षमा पनि आर्थिक वृद्धिदर पाँच प्रतिशतका हाराहारीमा पुग्न सक्ने जिकिर गरे । उनले बजेटले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान केन्द्रीत गरेको पनि बताए ।

आगामी आर्थिक वर्षमा राजस्वको अनुमानको लक्ष्य हासिल हुने विश्वास रहेको भन्दै उनले आन्तरिक ऋण पनि बित्त आयोगको सीमा भन्दा पनि कम परिचालन गर्ने गर्ने गरि बजेटमा उल्लेख गरिएको धारणा राखे । यसबाट सरकार अनावश्यक ऋणलाई प्रोत्साहन नगर्ने पक्षमा रहेको देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया