आइतबार, जेठ १९, २०८२

नेको इन्सुरेन्सद्धारा स्वास्थ्य परीक्षण र रक्तदान कार्य सम्पन्न

नेपालखोज २०८२ जेठ १८ गते १६:१५

काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले स्वास्थ्य परीक्षण र रक्तदान कार्य सम्पन्न गरेको छ ।

देशको बीमा बजारमा २९ बर्षदेखि सेवा प्रदान गर्दै आएको कम्पनीले सेवा संचालनको सफलतापूर्वक २९ बर्ष पुरा गरी यहि २०८२ जेष्ठ १७ गतेदेखि ३० औं बर्षमा प्रवेश गरेको छ ।

कम्पनीले विगतका बर्षहरु देखि नै सेवा प्रवाहका क्षेत्रमा निरन्तर बृद्धि गर्दै बिमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय बृद्धि गर्दै आएको छ ।

कम्पनीले सेवा संचालनको ३०औँ बर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसै उपलक्षमा शाखा कार्यालयहरुमा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु सम्पन्न भएको छ ।

कम्पनीले ब्यवसायको साथसाथै समाज सेवाको लागि विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ ।

प्रतिक्रिया