एनएमबि बैंक र हिल्टन काठमाडौंबीच सम्झौता, ग्राहकलाई विशेष छुट

नेपालखोज २०८२ जेठ १७ गते १६:२५

काठमाडौं । एनएमबि बैंक र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा एनएमबि बैंकका ग्राहकले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया