सोमबार, जेठ २०, २०८२

‘ठूला दलका ठूला नेताले राजनीतिबाट विश्राम लिए अहिले देखिएका सबै आन्दोलन रोकिन्छ’

नेपालखोज २०८२ जेठ १८ गते १८:४४

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट बिश्राम लिने घोषणा गरे अहिले देखिएका सवै आन्दोलन रोकिने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार रहदा समाजलाई स्वीकार गर्न कठिन भएकाले ठूला दलका ठूला नेताहरुले राजनीतिबाट बिश्राम लिए अहिले देखिएको सवै आन्दोलन रोकिने बताएका हुन् ।

भ्रष्टाचार लगाएत खराव काम भइरहेको भन्दै थापाले जनताले तेर्साएका प्रश्नहरुलाई नेतृत्व तहमा बसेकाहरुले गम्भीर रुपमा लिनुपर्ने जिकिर गरे । राजनीतिक दलहरुले आफुलाई फरक ठान्न सकेमात्रै बिकृत गठबन्धनको राजनीति संस्कारलाई बाहिर निकाल्ने उहाले बताए ।

त्यस्तै थापाले नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले कहिले पनि संवैधानिक बनाउनै नसक्ने उल्लेख गर्नुभयो । संवैधानिक राजसंस्था भनेर राप्रपाका नेताहरुले झुक्काउने काम गरेको उहाले बताए । उनले मुलुकमा राजतन्त्र आउदैमा देशमा देखिएको रोजगारी लगाएतका समस्या समाधान हुन नसक्ने तर्क गरे ।

प्रतिक्रिया