सोमबार, जेठ २०, २०८२

२५० करोड हिनामिना गर्ने बैंक सीईओ पक्राउ

नेपालखोज २०८२ जेठ १९ गते १०:४६

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकमा २५० करोड रुपैयाँभन्दा बढीको हिनामिना प्रकरणमा फरार रहेका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को विशेष टोलीले उनलाई आइतबार काठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो। उनलाई लामो समयदेखि वित्तीय अनियमितता तथा बैंकिङ कसुरमा संलग्न रहेको आरोप लाग्दै आएको थियो।

नेपाल राष्ट्र बैंकले उक्त बैंकमा अनियमितता भएको आशंकामा विगत केही महिनायता निगरानी तथा अनुसन्धान बढाएको थियो। सोही क्रममा CIB ले संकलन गरेको प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया