जर्मनीमा अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु
नेपालखोज
२०८२ जेठ १९ गते १४:५९

बर्लिन । जर्मनीको ह्याम्बर्गस्थित एक अस्पतालको जेरियाट्रिक वार्डको एउटा कोठामा शनिबार राति भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ ।
घटनापछि कैयौँ वृद्धवृद्धालाई सुरक्षित स्थानमा सारिएको स्थानीय दमकल सेवाले आइतबार जनाएको छ। अग्नि नियन्त्रक लोरेन्ज हार्टम्यानका अनुसार मारिएन्क्रान्केनहास कारखानामा लागेको आगो आगो भवनको पहिलो तल्लासम्म फैलिएको देखिएको छ । उनले भने हिँडडुल गर्न नसक्ने धेरै वृद्धवृद्धालाई आगलागी भएको स्थानबाट करिडोरमा सारिएको थियो ।
अन्य बिरामीको कोठामा आगो फैलिनुअघि नै अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिन सफल भएको उनले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया