राप्रपा नेपालका अध्यक्ष कमल थापासहित छजना पक्राउ
नेपालखोज
२०८२ जेठ १९ गते १७:३८

काठमाडौं । काठमाडौंको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निषेधित क्षेत्र तोड्न खाजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उनले बताए ।
यसरी पक्राउ पर्नेमा थापासहित ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिना रहेका छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया