बिहीबार, जेठ २३, २०८२

सिंहदरबारमा यातायात व्यवसायी र सरकारबिच वार्ता सुरु

नेपालखोज २०८२ जेठ २० गते १०:२८

काठमाडौं । गृह मन्त्रालयमा आन्दोलनरत यातायात व्यवसायी र सरकार बिच वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो ।

व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै सोमबारबाट यातायात नचलाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया