बुधबार, जेठ २२, २०८२

बन्द भएको मौका पारी राइड सेयरिङ सेवाको बढी भाडा नलिन प्रहरीकाे चेतावनी

नेपालखोज २०८२ जेठ २० गते ११:०७

काठमाडौं । सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी राइड सेयरिङ सेवाको बढी भाडा नलिन प्रहरीले चेतावनी दिएको छ ।

प्रहरीले एक सूचना जारी गर्दै सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी बढी भाडा नलिन चेतावनी दिएको हो । प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ ।

आज यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् । यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेको संख्या पनि बढेको छ ।

भाडा बढाएको गुनासो आएपछि राइड सेयरिङ सेवा सञ्चालन गरिरहेको पठाओ कम्पनीले भने सूचना जारी गर्दै नबढाएको दाबी गरेको छ ।

प्रतिक्रिया