बुधबार, जेठ २२, २०८२

आइयारवादी नदीमा आएको बाढीका कारण म्यान्मामा हजार भन्दा बढी घरपरिवार विस्थापित

नेपालखोज २०८२ जेठ २० गते १६:००

याङ्गुन, म्यान्मा । म्यान्माको उत्तरी कोचिन राज्यस्थित आइयारवादी नदीमा आएको बाढीका कारण एक हजार भन्दा बढी घर परिवार विस्थापित भएको अग्नि नियन्त्रण विभागले जनाएको छ ।

सोमबारसम्म उक्त स्थानका एक हजार १६५ घरपरिवारका ५५ हजार ११७ जनालाई सुरक्षित क्षेत्रमा सारिएको विभागका एक अधिकारीले बताएका छन्र । शनिबारदेखि नै नदीको बहाव बढ्दै गएकाले म्यानमाको रेडक्रस सोसाइटी, अग्नि नियन्त्रण विभाग र अन्य स्वयंसेवकहरूसँग मिलेर उद्धार टोलीले कोचिनका प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको अधिकारीहरूले बताएका छन् ।

सोमबार बिहानसम्म म्यानमाको मौसम विज्ञान तथा जलविज्ञान विभागले कोचिन राज्यको माइटकिनास्थित आइयारवादी नदी खतराको सिमाभन्दा करिब दुई इन्च माथि पुगेको जानकारी दिएको छ । विभागले मितकिनाका तल्लो क्षेत्र र नदीको किनारमा रहेका बासिन्दाहरूलाई सावधानी अपनाई सुरक्षित स्थानहरूमा जान सुझाव दिएको छ ।

प्रतिक्रिया