बुधबार, जेठ २२, २०८२

इरानमा इन्धन तस्करीको ठूलो गिरोह नियन्त्रणमा

नेपालखोज २०८२ जेठ २० गते २१:१०

तेहरान । इरानको गुप्तचर मन्त्रालयले आइतबार जनाएको अनुसार, उसले तीन प्रान्तमा इन्धन तस्करीमा संलग्न ३५ वटा ‘व्यवस्थित र व्यावसायिक’ समूहहरू ध्वस्त पारेको छ ।

गुप्तचर र विशेष कारबाहीपछि ती समूहहरूको भित्रसम्म पुग्न सफल भएर सुरक्षाकर्मीहरूले तिनीहरूलाई नियन्त्रणमा लिएका हुन् । मन्त्रालयले जनाएको अनुसार, आवश्यक कानुनी प्रक्रिया पूरा गरी तस्कर समूहका प्रमुख सदस्यहरूलाई पक्राउ गरिएको छ ।

यी पक्राउहरू हर्मोज्गान, तेहरान र अलबोर्ज प्रान्तमा गरिएको मन्त्रालयले जानकारी दिएको छ । ती समूहहरूले गरेको इन्धन तस्करीको अनुमानित मूल्य एक अर्ब ८२ करोड अमेरिकी डलर बराबर रहेको बताइएको छ ।

मन्त्रालयका अनुसार, पक्राउ परेकासँग सम्बन्धित सात सयभन्दा बढी व्यक्तिका बैंक खाता पनि रोक्का गरिएको छ। ती व्यक्तिहरू विगत केही वर्षदेखि ठूलो मात्रामा रकम अपचलनमा संलग्न रहेको पाइएको हो ।

इरानमा सरकारद्वारा इन्धनमा दिइने अनुदानका कारण त्यसको तस्करी एक फाइदाजनक कारोबार बनेको छ। पछिल्ला वर्षहरूमा इरानी जलसेनाले इन्धन तस्करी गरिरहेका धेरै जहाजहरू पनि नियन्त्रणमा लिएको थियो। -रासस/सिन्ह्वा

प्रतिक्रिया