बिहीबार, जेठ २३, २०८२

अझै बस्न सकेन प्रतिनिधि सभा बैठक, अवरोध हटाउने प्रयासमा सभामुख

नेपालखोज २०८२ जेठ २१ गते १२:२३

काठमाडाैं । अवरुद्ध प्रतिनिधिसभाको बैठक सुचारु गर्ने प्रयासमा सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा घिमिरेले मंगलबार बिहान माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

साथै त्यसपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग समेत छलफल गरे ।

प्रतिक्रिया