प्रतिनिधिसभाको बैठक भोलि १ बजे बस्ने गरी स्थगित

नेपालखोज २०८२ जेठ २० गते १५:१८

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुन: स्थगित गरिएको हो ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले राजीनामा माग गरिरहेका छन् ।

प्रतिक्रिया